Logo

बुद्ध धर्मको भ्रातृत्वको भावनालाई आत्मसात् गर्दै एकजुट हुन आवश्यकः उपराष्ट्रपति



काठमाडौं, जेठ १० । उपराष्ट्रपति रामसहायप्रसाद यादवले बुद्ध धर्मको विश्व भ्रातृत्वको भावनालाई आत्मसात् गर्दै एकजुट भइ मुलुकको समृद्धि र विकासमा दृढ सङ्कल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

गौतमबुद्ध जयन्तीको अवसरमा देश र विदेशमा रहेका सम्पूर्ण नेपाली बौद्ध धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै सो कुरामा जोड दिएका हुन्। उनले आजकै दिन स्वाँया पुन्हिः, उँभौली पर्व, चण्डीपूर्णिमा र गोरखनाथ जयन्ती मनाउने सम्पूर्ण नेपालीहरुलाई पनि हार्दिक शुभकामनासमेत दिएका छन्।

भगवान् गौतमबुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण–जस्तो वीरलैको त्रिसंयोग एकै दिन अर्थात् वैशाख पूर्णिमामा भएकाले यो दिवसको अत्यन्तै ठूलो महत्व रहेको उनको भनाइ छ । “गौतमबुद्धले ३६ वर्ष उमेरमा दिनुभएको पञ्चशीलका उपदेशहरु : चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु–अजम्बरी मात्रै छैनन्, आज पनि उत्तिकै समय सान्दर्भिक छन् । यी उपदेशहरुलाई हामी सबैले अनुशरण, अनुकरण र आत्मसात गर्दै आ–आफ्नो जीवन पथमा अग्रसर हुन अति आवश्यक छ”, उपराष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot