Logo

सारिकाको स्वरमा ‘एउटा फूल’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं, जेठ १० । सारिका घिमिरेको स्वरमा रहेको गीत ‘एउटा फूल’ सार्वजनिक भएको छ । सारिकाकै शब्द, संगीत र पवन रानाभाटको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । रमेश पाठकको निर्देशन रहेको गीतको भिडियोमा सारिकाको नै अभिनय रहेको छ। भिडियोलाई ओम प्रसाईंले छायांकन तथा सम्पादन गरेका हुन् ।

नायिका तथा गायिका सारिकाले पछिल्लो समय गायनमार्फत चर्चा बटुल्दै आएकी छन् । नेपाली चलचित्र क्षेत्रमा आफ्नो राम्रो पहिचान बनाएकी सारिका यतिबेला गायिकाका रूपमा समेत आफ्नो कला र गलामार्फत पहिचानलाई थप उचाई दिदै आएकी छन् ।

एक दर्जनभन्दा बढी चलचित्रमा अभियन गरेकी उनी तीन दर्जन जति गीतका भिडियोमा देखिइसकेकी छन् । पछिल्लो समय गायिकाका रूपमा ख्याती कमाउँदै आएकी उनका केही गीत करोडौं क्लबमा पर्न सफल भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot