Logo

संसद् खुलाउन एकीकृत समाजवादीले प्रधानमन्त्री र कांग्रेससँग छलफल गर्ने



काठमाडौं, १० जेठ । नेकपा (एकीकृत समाजवादी) ले संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेससँग छलफल गर्ने भएको छ । आज (बिहिबार) बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकपछि उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले संसद् गतिरोध अन्त्यका लागि प्रधानमन्त्री र कांग्रेसबीच संवाद गरेर पहल थाल्ने निर्णय भएको बताए ।

साथै,पार्टीको १०औं महाधिवेशनको तयारी, खाद्य, आवास, प्रचारलगायतको व्यवस्थाका विषयमा पनि आजको बैठकमा छलफल भएको उनले बताए ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै कांग्रेसले लामो समयदेखि संसद् अवरोध गरिरहेको छ । संसद् गतिरोध अन्त्यका लागि कांग्रेसले उपप्रधान एवं गृहमन्त्रीमाथि संसदीय समिति बनाएर छानविन गर्नुपर्ने शर्त अगाडि सारेको छ । संसदीय समिति बनाउन सरकार तयार भएर कार्यादेश (टीओआर) का लागि कार्यदल पनि बनिसकेको छ । तर, टीओआरका विषयमा अहिलेसम्म सहमति हुन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot