Logo

आजको मौसम : न्यूनचापीय प्रणालीको आंशिक प्रभाव 



काठमाडौं, जेठ ११ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । उक्त प्रभावका कारण अहिले देशभर आंशिक देखि साधारणतया बदली रही कोशी र मधेश प्रदेशका एक(दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहने छ । देशको पहाडी भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन- चट्याङ्ग हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

त्यस्तै आज राती लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भु-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा एक-दुई स्थानमा मेघगर्जन-चट्याङ्ग हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot