Logo

व्यक्तिको नाम उल्लेख गरेर संसदीय समिति बनाउँदा गलत नजीर बस्छः मन्त्री चौधरी (भिडिओसहित)



काठमाडौं, ११ जेठ । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री भगवती चौधरीले सहकारी ठगी प्रकरणमा रवि लामिछानेको नाम उल्लेख राखेर संसदीय समिति नबन्ने बाताएकी छन् । हिजो (बिहिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले व्यक्तिको नाम उल्लेख गरेर संसदीय समिति बनाउँदै गलत नजिर बस्ने बताएकी हुन् ।

कांग्रेसले उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि सत्ताबाट बाहिरिनुपर्दाको पीडा पोखिरहेको बताएकी छन् । उनले सत्ताबाट बाहिरिएको भोलिपल्टदेखि नै कांग्रेसले विरोध थालेको उनले बताईन् । ‘निर्दोष हो कि के हो ? त्यो सहकारीलाई छानविन गरेपछि थाहा पाइन्छ । त्यही चिजलाई लिएर किन संसद् अवरोध गर्नुपर्यो ? सत्ता छोडेको भोलिपल्टदेखि उहाँहरुले अवरोध गरिरहनु भएको छ । कांग्रेस कहिले पनि सत्ता बेगर बस्न सक्ने भएन,’– उनले भनिन् ।

आज संसद् चल्ने उनले बताईन् । ‘संसद् चल्छ । पास हुने कुरा पास हुन्छ । सरकारले पनि आफ्नो हिसाबले काम गर्ने कुरा गरिहन्छ,’– उनले भनिन् ।

सहकारीमा देखिएको समस्या मन्त्रालय र मन्त्रालयसँग सम्बन्धित निकायले छानविन र कारबाही गर्ने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot