Logo

कांग्रेसले दोग्ला चरित्र देखायो : सूर्य थापा (भिडिओसहित)



काठमाडौं, ११ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता सूर्य थापाले नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको नाममा सुरुमै गृहमन्त्री रवि लामिछानेलाई दोषी करार गर्न खोजेको भनेर आलोचना गरेका छन् ।

उनले भने,‘संसदीय छानबिन समितिको लागि टिओर बनाउन गठित कार्यदलको बैठकमा फलानो व्यक्ति नै दोषी हो भनेर लेख्ने हो भने किन छानबिन समिति बनाउनुपर्यो र ? नेपाली कांग्रेसले नेविसंघ वा तरुण दल लगाएर गिरफ्तार गरेर हिरासतमा राखेर कारबाही गरे भयो नि त ?’

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘कांग्रेसजस्तो प्रजातान्त्रिक पार्टीले यस्तो कंगारु कोटको कुरा गरेर हुन्छ ? नेपाली कांग्रेसको अहिले दोग्ला चरित्र छ । नेपाली कांग्रेससँग हामीले वरव्यवहार नगरेको हो र ?’



प्रतिक्रिया दिनुहोस्

Screenshot