Logo

कैलाश सिरोहिया पक्राउ गर्ने सरकारको कदममा ओलीको दरिलो साथ, कांग्रेसलाई दिए कठैबराको संज्ञा



काठमाडौं, ११ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुरका मालिक कैलाश सिरोहिया पक्राउ प्रकरणमा लगातार टिप्पणी गरिरहेका छन् । उनले नागरिकतामाथि प्रश्न उठेपछि अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले पक्राउ गरेको भन्दै यसमा धेरे रुवाबासी गर्न जरुरी नभएको भन्दै आएका छन् ।

कान्तिपुरले सत्ता लम्ब्याउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुरमाथि प्रहार गरेको भनेर समाचार लेखेको छ । प्रधानमन्त्री दाहालले आफूले नै अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सिरोहियालाई पक्राउ गर्न निर्देशन दिएको बताएका थिए । उनले निर्दोष भए सजिलै छुट्ने पनि प्रतिक्रिया दिएका थिए ।

एमाले अध्यक्ष ओलीले भने कान्तिपुरका मालिक पक्राउ पर्दैमा प्रेस स्वतन्त्रता कसरी हनन भयो ? भनेर प्रश्न गर्ने गरेका छन् । झापामा यस्तै अभिव्यक्ति दिएका ओलीले हिजो (बिहीबार) सुनसरीमा आयोजित एक कार्यक्रममा पनि यस्तै अभिव्यक्ति दिएका थिए ।

ओलीले नागरिकता र प्रेस स्वतन्त्रता अलग विषय भएको बताएका थिए । उनले नागरिकता छानबिन गर्दा प्रेस स्वतन्त्रता हनन् नहुने धारणा राखेका छन् । उनी सिरोहिया पक्राउ गर्ने सरकारको निर्णयमा अडिग छन् । र, सरकारको कदमलाई साथ दिएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सिरोहिया पक्राउ परेको विषयलाई लिएर प्रोपोगाण्डा मच्चाउन आवश्यक नरहेको पनि बताए ।

सिरोहियालाई गरिएको पक्राउ सञ्चारमाथिको हमला भनेर चर्चा गर्नु गलत भएको उनको भनाई थियो । फौजदारी अभियोगमा एकजना व्यक्ति समात्दैमा प्रजातन्त्र तलमाथि नहुने स्पष्ट पार्दै अध्यक्ष ओलीले भनेका थिए,”कांग्रेसका नेताहरूले प्रेस स्वतन्त्रता हनन् भयो, प्रजातन्त्र सिद्धिन लाग्यो, सरकार अधिनायकवादतर्फ गयो भनिरहनु भएको छ । कठैबरा !”

file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot