Logo

कांग्रेसले आज पनि चल्न दिएन संसद्, प्रतिनिधि सभा बैठक स्थगित



काठमाडौं, ११ जेठ । नेपाली कांग्रेसले प्रतिनिधि सभामा आज पनि अवरोध कायमै राखेको छ । प्रतिनिधि सभा बैठक सुरु हुनेबित्तिकै कांग्रेसले विरोध जनाएको थियो । कांग्रेसको विरोधपछि सभामुखले सभा सञ्चालनमा सहयोग गरिदिन कांग्रेसका सांसदहरुलाई आग्रह गरे । तर, कांग्रेसका सांसदहरु आफ्नो एजेण्डाबाट टसमस नभएपछि सभामुख आगामी जेठ १३ गते बस्नेगरी बैठक स्थगित गरेका छन् ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानविन समितिको माग गरिरहेको छ । सत्तापक्ष र प्रतिपक्षबीच संसदीय छानविन समिति बनाउन सहमति भएपनि कार्यादेश (टीओआर) मा कुरा नमिल्दा सदनको अवरोध कायमै रहेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot