Logo

सहकारी र गिरिबन्धु काण्डमा एमाले र रास्वपाले एक-अर्कालाई साथ दिएको विश्वप्रकाश शर्माको आरोप



काठमाडौं, ११ जेठ । नेपाली कांग्रेसले सदनको अवरोध जारी राखेको छ । सत्ता गठबन्धन सहकारी ठगीमा संलग्न रहेका गृहमन्त्री रवि लामिछानेलाई जोगाउनको लागि उद्धत रहेको निश्कर्षसहित कांग्रेस सदनमा आक्रामक रुपमा प्रस्तुत भैरहेको छ । सदनमा सहकारी ठगीविरुद्ध कांग्रेस महामन्त्री गगन थापा धेरै सुनिए । उनी आक्रामक रुपमा प्रस्तुत हुँदै आएका थिए । तर, सहकारी ठगीको आरोप लागेका गृहमन्त्री लामिछानेले कांग्रेसले उठाएका विषयमा जवाफ दिएपछि भने गगनले सोही दिन पत्रकार सम्मेलन गरेर बोलेपछि अहिले मौन छन् ।

सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय समिति बनाउन तयार सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दल तयार छन् । तर, समितिको कार्यदेश कस्तो हुने भन्नेबारे दुवै पक्ष अहिलेसम्म सहमतिमा पुग्न सकेका छैनन् । कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री लामिछानेको प्रत्यक्ष संलग्न देखिएको प्रमाण बाहिर आएको भन्दै समिति बनाउँदा उनको नाम किटान गर्नुपर्ने अडान लिएको छ ।

तर, एमाले र रास्वपाले भने कुनैपनि हालतमा व्यक्तिको नाम किटान गरेर समिति नबन्ने अडान राखेका छन् । त्यसको असर सदनमा समेत देखिरहेको छ । प्रतिनिधिसभाको आजको बैठकपनि प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधको कारण स्थगित् भएको छ । अर्को बैठक आगामी आइतबार बस्ने तय भएको छ ।

यसअघि मिडियामा सहकारीको विषयमा छानबिन समितिबाहेक अर्को विषयमा प्रवेश गर्न नसकिने बताउँदै आएका महामन्त्री गगन थापा आजको बैठकमा भने देखिएनन् । तर, अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने छानबिन समिति बनाउन आलटाल गरेको सत्ता गठबन्धनको आलोचना गरे । उनले अहिलेको सत्ता गठबन्धनलाई सहकारीबन्धु गठबन्धनको संज्ञा नै दिएका छ ।

प्रतिनिधिसभाको बैठकपछि मिडियाकर्मीहरुसँगको कुराकानीमा उनको प्रतिक्रिया थियो–‘केपी ओलीले केही दिनअगाडि कांग्रेसलाई अब बोल्न दिइने छैन । कांग्रेसले धेरै बकवास गर्यो भन्नु भएको थियो । यो सहकारीबन्दु गठबन्धनको शैली ठिक देखिएन, यहाँ सहकारी प्रकरणमा नेकपा एमालेले साथ दिने र गिरिबन्धु चिया बगानमा रास्वपाले साथ दिने । त्यसैले उहाँहरू सहकारीबन्धु गठबन्धनका रूपमा देखिनुभएको छ ।’ file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot