Logo

कैलाश सिरोहिया पक्राउ प्रकरणमा नेपाल बार एशोसिएशन नै विभाजित



काठमाडौं, ११ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा नेपाल बार एशोसिएशन विभाजित भएको छ । सिरोहियाको पक्राउको विरोधमा बारले जारी गरेको विज्ञप्तिमा पदाधिकारीहरुले आपत्ति जनाएका छन् । उपाध्यक्ष सुधिरकुमार कर्ण, कोषाध्यक्ष भरतबहादुर राउत, सदस्यहरु सर्मिला कुमारी विष्ट, किरणकुमारी साह, नरेश कुमार साह, सन्तोष कुमार राउत, जितेन्द्र मडैंले विज्ञप्तिमार्फत सिरोहियाको समर्थनमा बारले जारी गरेको विज्ञप्तिको खण्डण गरेका हुन् ।

कार्यसमितिको बैठक नै नबसी, सरोकारवालाहरुको परामर्श तथा संस्थागत निर्णयको सल्लाह बेगर संस्थाको चरम दुरुपयोग भएको उनीहरुको आरोप छ । सिरोहिया पक्राउ प्रकरणमा बार नेतृत्वले गैरजिम्मेवार र स्वैच्छाचारी कार्य गरेको उनीहरुको निश्कर्ष छ ।

सिरोहिया पक्राउ प्रकरणलाई लिएर बारले गत जेठ ९ गते विज्ञप्ति जारी गरेको थियो । अध्यक्ष गोपाल कृष्ण घिमिरे र महासचिव अञ्जिता खनालद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा सिरोहियालाई प्रतिशोध साँध्ने उद्देश्यले राज्य शक्तिको दुरुपयोग गरी पक्राउ गरिएको उल्लेख थियो । अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्य शक्तिको दुरुपयोग किमार्थ स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख थियो ।

यो पनि पढ्नुहोस्ः कैलाश सिरोहिया पक्राउबारे बोल्यो बार,‘प्रतिशोध साँध्ने उद्देश्यले राज्य शक्तिको दुरुपयोग किमार्थ स्वीकार्य हुँदैन’



प्रतिक्रिया दिनुहोस्

Screenshot