Logo

काठमाडौं ओर्लिनेबित्तिकै ओली बालुवाटारमा, मन्त्रिपरिषद पूनर्गठनबारे निर्णायक छलफलमा रवि लामिछानेपनि मिसिने



काठमाडौं, ११ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली काठमाडौं आएका छन् । गृहजिल्ला झापा पुगेका ओली दुई दिनसम्म झापा, मोरङ र सुनसरीका कार्यक्रम व्यस्त थिए । उनी आजै काठमाडौं आएका हुन् । काठमाडौं ओर्लिनेबित्तिकै उनी राजनीतिक भेटघाटमा व्यस्त भएका छन् ।

उनी यतिवेला प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्री दाहालले संसद्मा विश्वासको मत लिएको अवस्थामा अब मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्नेमा दुवै नेता सहमत छन् । जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, जसपा र स्वतन्त्र सांसदलाई समेत समेटेर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदलाई पूर्णता दिने भएका हुन् ।

यसको अलावा दुई नेताबीच सहकारी ठगी प्रकरणमा संसदीय छानिबन समिति बनाउने सहमतिअनुरुप कस्तो टिओर बनाउने भन्ने विषयमा पनि छलफल हुने बताईएको छ । कांग्रेसले अहिले छानबिन समितिको लागि बनाईने टिओरमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगर्दापनि हुने भनेर सहमति जनाएको छ ।

तर, लामिछाने जोडिएका सहकारीहरुको नाम भने राख्नुपर्ने उसको शर्त छ । कांग्रेसको यस्तो प्रस्ताव आएपछि दुई नेता छलफलमा जुटेका छन् । केहीबेरमा गृहमन्त्री लामिछानेपनि बालुवाटारको बैठकमा मिसिने जनाईएको छ । तीन नेताबीच कान्तिपुरका मालिक कैलाश सिरोहिया पक्राउ प्रकरणको विषयमा पनि छलफल हुने बताईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot