Logo

नेविसंघले गर्‍यो गृहमन्त्री लामिछानेको पुत्ला दहन (फोटोफिचर)



काठमाडौं, ११ जेठ । नेपाल विद्यार्थी संघ (नेविसंघ) आरआर क्याम्पस इकाइले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पुत्दा दहन गरेको छ । आज (शुक्रबार) आरआर क्याम्पस परिसरमा उनीहरुले उपप्रधान एवं गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै पुत्दा दहन गरेका हुन् ।

उनीहरुले प्रदर्शनका क्रममा ‘नालायक गृहमन्त्री राजीनामा दे, नालायक प्रधानमन्त्री गृहमन्त्रीलाई बर्खास्त गर’ लगायतका नारा लगाएका थिए ।

उपप्रधान एवं गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै नेपाली कांग्रेसले निरन्तर संसद् अवरोध गर्दै आएको छ । कांग्रेसले जेठ १३ गते गृहमन्त्रीका विरुद्ध प्रदर्शनको कार्यक्रम नै राखेको छ । फोटोः अरुण कार्की /रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot