Logo

आज कहाँ-कहाँ छ वर्षाको सम्भावना?



काठमाडौं, जेठ १२ । हाल नेपालमा स्थानीय वायु आंशिक प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भैरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज राती गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा समेत चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot