Logo

आइपिएल क्रिकेट : हैदराबाद र कोलकत्ताबिच फाइनल भिडन्त



काठमाडौं, जेठ १२ । सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । चेन्नाईमा शुक्रबार राति भएको दोस्रो क्वालिफायर खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ३६ रनले हरायो । फाइनलमा हैदराबादले आइतबार कोलकत्ता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्नेछ ।

जितका लागि एक सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३९ रनमा समेटिएको थियो । राजस्थानका लागि ध्रुव जुरेलले अविजित ५६ रन बनाएपनि टोलीको हार टरेन । यस्तै ओपनर यशस्वी जैसवालले ४२, सन्जु सामसन र टोम कहलर क्याडमोरले १०र१० रन बनाए ।

बलिङमा हैदराबादका शहबाज अहमदले तीन विकेट लिए । अभिषेक शर्माले दुई तथा कप्तान प्याट कमिन्स र टी नटराजनले एक एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७५ रन बनाएको थियो ।

हैदराबादका लागि हेनरिच क्लासनको ५० रन बनाए । राहुल त्रिपाठीले ३७, ओपनर ट्राभिस हेडले ३४, शहबाज अहमदले १८ र अविशेक शर्माले १२ रन बनाए । बलिङमा राजस्थानका ट्रेन्ट बोल्ट र आवेश खानले तीन तीन विकेट लिए । सन्दीप शर्माले दुई विकेट लिए।



प्रतिक्रिया दिनुहोस्