Logo

संसदीय समितिको टीओआर टुङ्ग्याउन कार्यदलको बैठक सुरु



काठमाडौं, १२ जेठ । सहकारी ठगी प्रकरण छानविनका लागि बन्न लागेको संसदीय समितिको कार्यादेश (टीओआर) टुङ्ग्याउन कार्यदलको बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै संसदीय समितिको माग गर्दै आएको थियो । संसदीय समिति बनाउन सत्तापक्ष र प्रतिपक्ष सहमत भएपनि टीओआर टुङ्गिन सकेको छ ।

संसदीय समितिको टीओआर टुङ्ग्याउन काननुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । मन्त्री गिरी संयोजक रहेको उक्त कार्यदलमा नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका नेता रमेश लेखक, रास्वपाका नेता शिशिर खनाल सदस्य छन् ।

उनीहरुले टीओआर टुङ्गोमा पुर्याउन पटक–पटक छलफल र संवाद गरेका छन् । छलफल र संवादका बावजुद पनि टीओआरमा सहमति जुट्न सकेको छैन । कांग्रेस उपप्रधान एवं गृहमन्त्रीको नामै उल्लेख गर्नुपर्ने पक्षमा उभिएको छ । सत्तापक्ष भने व्यक्ति विशेषलाई तोकेर संसदीय समिति बनाउन नहुने पक्षमा छ ।

एमाले प्रमुख सचेतक बर्तौलाले टीओआरमा सहमति जुटाउन सत्तापक्षले हदैसम्म लचिलो हुने नीति लिएको बताए । उनले संसदीय समितिको टीओआरमा रहेको विवाद चाँडै टुङ्गिने र भोलिको संसद् पनि सहज रुपमा अगाडि जाने विश्वास व्यक्त गरे । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्