Logo

महानगरको कदम अराजक गतिविधिः सडक विभाग



काठमाडौं, जेठ १३ । सडक बिभाग अन्तर्गतको सडक डिभिजन काठमाण्डौको गेटमा धूलो थुपारिदिने काठमाण्डौ महानगरको कदमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शनिवार साँझ काठमाण्डौ महानगरपालिकाले आफ्नो कार्यालय गेट अगाडी धूलो थुपारिदिएपछि आक्रोशित भएको बिभागले जे बिषय उठाएर काठमाण्डौ महानगरका मेयरले धूलो थुपारेको हो, त्यो भन्दा फरक रहेको बिबरणसमेत खुलाएको छ ।

सडक डिभिजन काठमाण्डौले अबेर राती बिज्ञप्ति जारी गर्दै बिबादको चुरो न्यूरोड क्षेत्रमा बाटो साँघुरो बनाउने बिषय रहेको बताएको छ । न्यूरोड क्षेत्रमा मोटर गुड्ने पिच बाटो घटाएर पैदलयात्रीका लागि बाटो बनाउन महानगरले सुरु गरेको छ ।

शनिवार दिउँसो १२ बजे विनाअनुमति सडक काटी सडकको स्टाण्डर्ड चौडाई घटाउन नपाउने भन्दै सडक डिभिजनले रोक लगाएपछि त्यसलाई बिषयान्तर गर्न महानगरले रिङरोडको बिषय उठाएको डिभिजन कार्यालयले बताएको छ ।

शुक्रबारमात्रै डिभिजन प्रमुख र महानगरका मेयर बालेनवीच आपसी सहकार्य गर्ने बिषयमा छलफल भएको खुलाउँदै कार्यालयले आफ्नो अधिकारक्षेत्रभित्र नपर्ने बिषयलाई लिएर अराजक गतिविधि गरे प्रतिबादमा उत्रिने चेतावनीसमेत दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot