Logo

गुजरातमा गेम जोनमा आगो लाग्दा १२ बालबालिकासहित २८ जनाको मृत्यु



काठमाडौं, जेठ १३ । भारतको पश्चिमी राज्य गुजरातमा शनिबार एउटा मनोरञ्जन पार्कमा भएको भीषण आगलागीमा परी १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चार माध्ययम दैनिक भास्करका अनुसार गुजरातको राजकोट जिल्लाको गो–कार्टिङ, बलिङ र अन्य साहसिक खेलहरू जस्ता मनोरञ्जन गतिविधिहरूको हब ‘टीआरपी गेमिङ जोन’ मा भएको आगलागीमा परी २८ जनाले ज्यान गुमाएका हुन् । उनीहरूको मृत शरीर परीक्षणका लागि अस्पतालमा राखिएको छ ।

उक्त घटनामा घाइते भएका सबै जनालाई आवश्यक उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । आगलागीमा फसेका २५ जना भन्दा बढीको सकुशल उद्धार गरिएको थियो । आगलागीको कारण भने अहिलेसम्म थाहा हुनसकेको छैन ।

टीआरपी गेमिङ जोन भित्रको अस्थायी संरचना आगोको बीचमा ध्वस्त भएको र अन्य केही व्यक्ति भग्नावशेषमा फसेका हुनसक्ने प्रहरीको अनुमान छ । राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल लगायतले आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot