Logo

देउवा भेट्न बुढानिलकण्ठ पुगे प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, जेठ १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेका छन्। शिर्ष नेताहरुको छलफल सुरु हुनु अघि देउवालाई भेट्न प्रधानमन्त्री प्रचण्ड बुढानिलकण्ठ पुगेका हुन्।

सहकारीको रकम अपचलनबारे छानबिन गर्ने संसदीय समितिको कार्यादेशमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहमति नजिक पुगेपछि आज शिर्ष नेताहरूबीच बिहान ९ बजे छलफल हुने भनिएको थियो। तर, बैठक सुरु हुनु अघि प्रधानमन्त्री दाहाल छ्ट्टै छलफलका लागि देउवालाई भेट्न पुगेका छन्।

लगातारको अवरोधका कारण संसद बैठक सुरुचारु हुन नसक्दा नीति तथा कर्याक्रम पारितमा पनि ढिलाई भइरुहको छ। आजको संसद बैठकमा सरकारले नीति तथा कार्यक्र पारित गर्ने कार्यसूची राखेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot