Logo

देउवालाई भेटेर प्रचण्ड फर्किएपछि आन्तरिक छलफलमा जुट्यो कांग्रेस



काठमाडौं,१३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ ।

दुई शीर्ष नेताबीच देउवा निवास बूढानीलकण्ठमा भेटवार्ता भएको हो । देउवा र प्रचण्डबीच करिब ४० मिनेट वार्ता भएको थियो । सहकारी प्रकरण छानबिनका लागि गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश र क्षेत्राधिकारका विषयमा सहमति प्रयास भइरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति देउवाबीच भेटवार्ता भएको हो।

देउवासँग ४० मिनेट छलफल गरी प्रधानमन्त्री फर्किएपछि कांग्रेसका नेताहरू आन्तरिक छलफलमा जुटेका हुन्। छलफलमा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा लगायतका नेताहरू छन्।

प्रधानमन्त्री दाहाल देउवाको स्वास्थ्य अवस्था बुझन पुगेको बताइएको छ । देउवा केहीदिन यता अस्वस्थ्य थिए ।  केहीबेरमा  प्रमुख शीर्ष दलका  नेताहरुबीच  बैठक बस्दैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot