Logo

गृहमन्त्री लामिछानेलाई ज्ञानेन्द्रको सुझावः ‘प्रतिपक्ष र सत्तापक्षमा बस्दाको बोली एकै हुनुपर्यो’



काठमाडौं, १३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सत्तापक्ष र प्रतिपक्षमा बस्दा एउटै कुरा गर्न आग्रह गरेका छन् । आज (आइतबार) प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले प्रतिपक्षमा बस्दा सरकार डराएको हो ? किन खुट्टा कमाएको ? भनेर लामिछानेले ठूलो स्वरमा बोलेको भन्दै उनले सत्तापक्षमा बस्दा पनि संसदीय समिति बनाउन खुट्टा कमाउन नहुने बताएका हुन् ।

उनले गृहमन्त्री लामिछानेलाई तपाई कै प्रश्न फर्काएँ भन्दै ‘मुटु छ कि छैन ? डराएको हो ? खुट्टा कमाएको हो ?’ भन्दै प्रश्न गरे । उनले भने, ‘सहकारी पीडितहरुको सडकमा बास भएको छ । मकै पोलको पैसा हो । सागको मुठा बेचेको पैसा हो । कुनै अरबपति र खर्बपतिको पैसा होईन । मुटु छ कि छैन ? डराएको हो ? खुट्टा कमाएको हो ? छानविन समिति अब आवश्यक देखिन्छ ।

साथै, उनले संसद्मा सभामुखको भूमिकामाथि पनि प्रश्न उठाए । उनले संसद्को कानुन दुईवटा छ कि एउटै हो ? भनेर सभामुखलाई सोधे । राप्रपा सांसद गीता बस्नेतलाई सोही प्रकरणमा पक्राउ पुर्जी जारी भएको र उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई पक्राउ पुर्जी जारी नभएको भन्दै आपत्ति जनाए ।

साथै, उनले अहिलेको अवस्थामा सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति आवश्यक देखिएको बताए । उनले भने, ‘जनताले यी पुराना दलले गर्न सकेनन् । विकल्पको रुपमा उहाँहरु जानुपर्छ भनेका हुन् । तर, आज संसद् बाधक बनेको छ । छानविन समिति आवश्यक छ । गृहमन्त्रीज्यूलाई भन्छु । अस्ती यहाँनिर बस्दाको बोली र आज त्यहाँनिर बस्दाको बोली फरक हुन भएन । छानविन समिति बनाउनुपर्यो ।’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot