Logo

सत्ता गठबन्धन सहकारी ठगलाई जोगाउने षड्यन्त्रमा लाग्यो, यो गणतन्त्रमाथिको आक्रमण हो : केसी (भिडिओसहित)



काठमाडौं, १३ जेठ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले वर्तमान सरकारले सहकारी ठगहरुलाई जोगाउने काम गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘सभामुख महोदय, सहकारीमा ठगेर यत्रो मुलुकलाई यत्रो बर्वाद पार्नेहरुलाई सत्ता पक्षले जोगाउन जुनखालको षड्यन्त्र गरिराखेको छ, यो लोकतन्त्रमाथिको आक्रमण हो । गणतन्त्रमाथिको आक्रमण हो । त्यसकारण सत्ताधारीको यो जुन दुदर्शा छ । यसमा राष्ट्रिय जनमोर्चाले घोर विरोध गर्दछ । यो नीति तथा कार्यक्रमलाई समर्थन गर्दैन, विरोध गर्दछ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot