Logo

कांग्रेसको नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरू



काठमाडौं,१३ जेठ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसद्मा छलफल सुरु भएको छ ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेललेजेठ १ गते संसद्मा पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको वेल घेराउ र नाराबाजीकै बीच सभामुख देवराज घिमिरेले छलफल अघि बढाएका छन् । सभामुखले समय दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफल प्रस्ताव पेस गरेका छन्।

सभामुख घिमिरेले विभिन्न संशोधनकर्ताहरूलाई आफ्नो संशोधनबारे भनाइ राख्दै छलफल अघि बढाएका छन्।

नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव राखेका प्रेम सुवालले बोलेपछि अहिले एमाले उपाध्यक्ष विष्णु पौडेलले आफ्नो धारणा राखिरहेका छन् । नीति तथा कार्यक्रम आजै पारित गर्ने सरकारको तयारी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot