Logo

आगलागीमा परी २७ जनाको मृत्यु भएको गुजरातका गृहमन्त्री सङ्घवीद्वारा पुष्टि



अहमदाबाद, गुजरात, १ जेठ । राजकोटको बालबालिका खेल्ने स्थान (गेम जोन) मा शनिबार साँझ ४ः३० बजे भएको भीषण आगलागीमा परी बालबालिकासहित २७ जनाको मृत्यु भएको गुजरातका गृहमन्त्री हर्ष सङ्घवीले पुष्टि गरेका छन्।

मन्त्री सङ्घवीले आगलागीस्थलको आइतबार बिहानै निरीक्षण गरेका हुन् ।

आगलागीमा पछि अझै एक जना सम्पर्कमा नआएको र उक्त व्यक्तिको खोजी भइरहेको उनले बताए ।

शनिबार राति राजकोटका प्रहरी आयुक्त राजु भार्गवले दिएको जानकारीमा कम्तीमा २० जनाको मृत्यु भएको र केही सम्पर्कमा नआएको उल्लेख गरिएको थियो ।

भार्गवले भने, “राजकोटको गो–कार्टिङ, बलिङ र अन्य साहसिक खेलहरू जस्ता मनोरञ्जन गतिविधिहरूको हब ‘टीआरपी गेमिङ जोन’ मा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । उनीहरूको मृत शरीर परीक्षणका लागि अस्पताल पठाइएको छ ।”

भार्गवका अनुसार ‘‘गेमिङ जोन’ युवराज सिंह सोलङ्की नाम गरेका व्यक्तिको स्वामित्वमा छ । लापरबाही र मृत्युका लागि उनीविरूद्ध हामी अपराधसम्बन्धी मुद्दा दर्ता गर्नेछौं । उद्धार कार्य पूरा गरेपछि थप अनुसन्धान अघि बढाइनेछ ।” रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot