Logo

कांग्रेसलाई विष्णु पौडेलले भने: यो वेल घेर्ने बेला होइन, नीति तथा कार्यक्रमलाई गडगडाहट तालीले स्वागत गर्नुस्



काठमाडौं,१३ जेठ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सदनको अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि भाग लिँदै पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेलले प्रतिपक्षीलाई सदनको अवरोध खुलाउन आग्रह गरेका हुन् ।

’सरकारको नीति तथा कार्यक्रम यति राम्रो र यति महत्त्वपूर्ण छ, यतिबेला वेल घेर्ने भन्दा छलफलमा आएर ताली बजाएर समर्थन गर्नुपर्ने प्रकृतिको छ,’ उनले भने ।

नेता पौडेलले आन्तरिक ऋणको प्रयोग पुँजी वृद्धि र उत्पादनमूलक काममा मात्र खर्च गर्ने नीति लिइनु राम्रो रहेको भन्दै यसले सहकारी क्षेत्रको दीर्घकालीन समस्या समाधानका लागि विशिष्ट प्रकारको नियामक निकाय गठनको उद्देश्य राखिएको बताए ।

पूर्व मन्त्री पौडेलले नीति तथा कार्यक्रमले समतामूलक विकास र योजना छनोट गर्दै भ्रष्ट्राचार न्यूनीकरण गर्ने र सार्वजनिक ऋणलाई समुचित प्रयोगमा लगानी सरकारले प्रतिबद्धता जनाएको समेत बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot