Logo

सहकारी ठगीविरुद्ध सडक संघर्षको पूर्वसन्ध्यामा कांग्रेस (फोटोफिचर)



काठमाडौं, १३ जेठ । नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध सडकबाट प्रदर्शन गर्ने तयारी थालेको छ । आज (आइतबार) दिउँसो २ बजेदेखि प्रदर्शनीमार्गमा कांग्रेसले प्रदर्शनीको तयारी गरेको हो ।

कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै संसद् अवरोध गर्दै आएको छ । कांग्रेसले उपप्रधान एवं गृहमन्त्री लामिछानेको नाम उल्लेख गरेर सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति बनाउनुपर्ने बताउँदै आएको छ ।

उपप्रधान एवं गृहमन्त्री लामिछानेविरुद्ध सदनमा अवरोध गर्दै आएको कांग्रेसले आजदेखि सडक संघर्ष थालेको हो । फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot