Logo

सरकारले निरङ्कुशताउन्मुख रवैया देखायोः महामन्त्री थापा



काठमाडौं, १३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले निरङ्कुशताउन्मुख रवैया देखाएको टिप्पणी गरेका छन् । आज (आइतबार) प्रेस युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले देखाएको रवैया निरङ्कुशताउन्मुख रहेको बताएका हुन् । महामन्त्री थापाले सरकार यसैगरी निरङ्कुशता उन्मुख हुँदैजाँदा प्राप्त उपलब्धीहरु थाहै नपाई गुम्नेसमेत बताए ।

महामन्त्री थापाले वर्तमान सरकारको रवैयाविरुद्ध बोल्ने बेला आएको बताए । बोल्ने बेला आएको सोचेर नै कांग्रेसले आज काठमाडौंमा प्रदर्शनको कार्यक्रम राखेको बताए । महामन्त्री थापाले सरकार अनुदारवादी बनेको टिप्पणी गरे ।

‘सत्ताले जुन रवैया देखाउँदैछ, निरङ्कुशता उन्मुख रवैया हो यो । यो जुन खालको गठजोड छ, यो गठजोडले जुन खालको रवैया देखाउँदै छ, यो निरङ्कुशता उन्मुख छ,अनुदारवादी छ ।’ उनले भने, ‘यसले विस्तार–विस्तार तपाईँ हामीले प्राप्त गरेको, हामीले यसलाई सजिलै लिएका छौं । यसैगरी गुमाउने हो, यसैगरी जाने हो । थाहै नपाई गुम्छ, थाहै नपाई जान्छ । त्यस कारण अब बोल्ने बेला आयो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot