Logo

कोशीका पूर्व मुख्यमन्त्री केदार कार्कीले १८ दिनदेखि सरकारी निवास र सवारी साधन कब्जामा लिएको भन्दै एमालेको आपत्ति



काठमाडौं,१३ जेठ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले पदच्यूत भएको १८ दिनसम्म पनि मुख्यमन्त्रीको सरकारी निवास र विभिन्न सवारी साधनहरु प्रदेश सरकारलाई हस्तान्तरण नगरेको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ ।

आज बसेको प्रदेश सभाको विषेश समयमा बोल्दै एमाले कोशी प्रदेश संसदीय दलका नेता रेवतिरमण भण्डारीले मुख्यमन्त्रीले प्रयोग गर्ने सरकारी आवास कांग्रेसले गैरकानूनी रुपमा कब्जामा लिएको भन्दै आपत्ति जनाए ।

‘निवर्तमान मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हुँदा प्रयोग गरेको निवास नयाँ मुख्यमन्त्रीलाई हस्तानान्तरण नगरेर चावी लगाएर हिँड्नु भएको छ । उहाँ कहाँ हुनुहुन्छ थाहा छैन्’ भण्डारीले भने ‘काठमाडौंमा रहेको मुख्यमन्त्रीको निवास । त्यो ललितपुरको भैसेपार्टीमा छ । त्यो पनि उहाँले चावी लगाएर गैरकानूनी रुपमा कब्जामा लिनु भएको छ । त्यसलाईकानूनी रुपमा हेर्ने हो भने त्यो कार्य दण्डनीय छ । राज्यको सम्पत्ति कानूनको अख्तियारीबेगर आफ्नो कब्जामा राख्नु दण्डनिय छ’ ।

प्रमुख सचेतक भण्डारीले पूर्व मुख्यमन्त्री कार्कीले सरकारी सम्पत्ति कब्जामा लिएर कार्कीले कानूनको वर्खिलाप गरेको आरोप लगाए । उनले थपे ‘तपाईले प्रदेश सभाबाट पारित भएको मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्वन्धी ऐन २०७५ को दफा ४ को उपदवला ५ को ठाडो उल्लंघन गर्नुभयो । दफा ५ को उपदफा ५ पनि उल्लंघन गर्नु भएको छ । सवारी साधनसमेत कब्जामा लिनु भएको छ । ६२७ नम्बरको कार पनि उहाँले कब्जामा लिनु भएको छ’ ।

प्रमुख सचेतक भण्डारीले कानूनले पदबाट हटेको एक सातासम्म मात्र मुख्यमन्त्रीको निवास र सवारी साधन प्रयोग गर्न मिल्ने भएपनि केदार कार्कीले त्यसो नगरेको जिकिर गरे । उनले यी विषयहरु विभिन्न मिडिमा आउँदा पनि कार्कीले बेवास्ता गरेको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot