Logo

नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई समेटेको छ, अब कार्यान्वयन पक्ष कमजोर नहोस : डा. महतो (भिडिओसहित)



काठमाडौं, १३ जेठ । जनता समाजवादी पार्टीका सांसद तथा पूर्वमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले सरकारको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रमले केही हदसम्म सबै क्षेत्रलाई समेटेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा सांसद डा. महतोले यस्तो बताएका हुन् ।

उनले भने,‘नीति तथा कार्यक्रममा संविधान कार्यान्वयन, संघीयताको सवलीकरण, अर्थतन्त्रको सुधार, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार तथा भ्रष्टाचार नियन्त्रणलगायतका विषयहरु प्राथमिकतामा राखेको देखिन्छ ।’

सरकारको नीति तथा कार्यक्रममा आर्थिक समृद्धिको आधार तय गर्ने लक्ष्य लिईएको र आर्थिक समृद्धिका आधारस्तम्भहरु पनि प्रस्तुत गरेको उल्लेख गर्दै समग्रमा नीति तथा कार्यक्रम राम्रो देखिएको बताए । तर, विगतमा जस्तै कार्यक्रमहरुको कार्यान्वयन पक्ष कमजोर भएकोले यसपटक त्यस्तो नहोस भन्ने उनको सुझाव थियो । उनले अहिले आफूहरुले देशको आर्थिक अवस्था जर्जर रहेको र त्यसको प्रभाव नेपाली जनतामा देखिएको टिप्पणी गरे ।

उनले भने,‘अहिलेको परिस्थितिलाई नजिकबाट नियाँल्दाखेरि अत्यन्त कठिन र संवेदनशील अवस्था छ भन्ने बुझिन्छ र देखिन्छ । तर, यो नीति तथा कार्यक्रम आजको गम्भीर अवस्थाप्रति कत्तिको उत्तरदायी बन्न सक्यो ? आर्थिक संकटको यस विषम क्षणमा कतिको जिम्मेवार बन्न सक्यो र उक्त संकटको समाधानको लागि सरकारको उच्च प्राथमिकता विषय बन्न सक्यो कि सकेन भन्ने प्रश्न महत्वपूर्ण हुन्छ ।’ file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot