Logo

नेपालमा स्थानीय वायु र रेमल चक्रवातको प्रभाव, आज यी प्रदेशका पानी पर्ने



काठमाडौं, जेठ १४ । नेपालमा स्थानीय वायुको प्रभाव र देशको पुर्वी भु-भागमा “रेमल” चक्रवातको आंशिक प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले कोशी प्रदेशमा साधारणतया बदली रहि कोशी र बागमती प्रदेशको पहाडी भू-भागमा हल्का वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङ्ग र हावा हुरीसहित वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायतका पहाडी भू-भागमा बदली रही कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot