Logo

चारवटा सवारीसाधन एकैठाउँमा ठोक्किँदा एकजनाको मृत्यु, २३ जना घाइते



काठमाडौं, जेठ १४ । चितवन भरतपुर महानगरपलिका वडा नंम्बर २९ को नारायणगढ-मुग्लिङ सडक खण्डको सत्र किलो भन्ने स्थानमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । गएराती भएको सो दुर्घटनामा २३ जना घाइते भएका छन् भने घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ ।

काठमाण्डौबाट प्युठानतर्फ जाँदै गरेको बा ४ ख ९०८६ नंम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ आउँदै गरेको ना ३ ख ७९१५ नंम्बर को ट्रक, काठमाण्डौबाट महोत्तरी बर्दिवासतर्फ जाँदै गरेको ना ७ ख ३२४८ नंम्बरको बस र बिरगंञ्जबाट काठमाण्डौतर्फ आउँदै गरेको ना ६ ख ८९६८ नंम्बरको बस एकै ठाउँमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा चार वटै सवारी साधनका चालकसहित २३ जना घाईते भएका छन् । घाइतेहरुको नाम थर र वतन खुल्न सकेको छैन । घाईतेहरुमध्ये नाम थर वतन नखुलेका अन्दाजी १६–१७ वर्षका युवकको भरतपुर अस्पतालमा उपचारका मृत्यु भएको हो ।घाइतेहरु मध्ये १८ जनाको इच्छाकामना आधारभुत अस्पताल कुरिन्टारमा र चारजनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot