Logo

संसदीय छानबिन समिति : शीर्ष नेताको बैठक बस्नु अघि आन्तरिक छलफलमा कांग्रेस



काठमाडौं, जेठ १४। सहकारी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेशका विषयमा नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटेको छ । सहकारी संस्थाको रकम अपचलन, हिनामिना र अनियमितताका सन्दर्भमा संसदीय छानबिन समिति गठनको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन आज शीर्ष नेताको बैठक बस्नु अघि कांग्रेसका नेताहरू अहिले आन्तरिक छलफलमा जुटेका छन् ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा जारी छलफलमा सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री महामन्त्री गगन थापा र विश्वप्रकास शर्मा र प्रमुख सचेतक रमेश लेखकलगायत नेताहरू सहभागी छन् ।

सहकारी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बनाउने काम भइरहेको छ । त्यसमा कसरी सहमति गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको बताइएको छ । आजै शीर्ष नेताको छलफलले कार्यादेश टुङ्ग्याउने तयारी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot