Logo

बढयो सुनचाँदीको भाउ, कति पुग्यो?



काठमाडौं, जेठ १४ । आज सोमबार सुनचाँदीको भाउ बढेको छ । आइतबार प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तीन सय रुपैयाले बढेर १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि तीन सय रुपैयाँले नै बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको भाउ २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot