Logo

सिरोहियाको बचाउमा उत्रिएका महजोडीले मागे माफी, आफ्नै मान्छे सम्झिएर माफी दिन अनुरोध



काठमाडौं,१४ जेठ । कान्तिपुरका मालिक कैलाश सिरोहियाको बचाउमा उत्रिएपछि बिबादमा तानिएका हास्यकलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरुबाट गल्ती भएको स्वीकार गरेका छन् ।

कार्यक्रमको सिलसिलामा अष्ट्रेलियामा पुगेका कलाकारद्धयले आज एक भिडियो सामाग्रीमार्फत सिरोहियाको बचाउमा उत्रिएकोप्रति क्षमायाचना गरेका हुन् । उनीहरुले आफ्नै सम्झिएर माफी दिनसमेत अनुरोध गरेका छन् । नागरिकता कीर्ति प्रकरणमा सिरोहिया पक्राउ परेपछि कान्तिपुरका पत्रकारहरुले फोन गरेर सिरोहियाको पक्षमा बोल्दिन महजोडीलाई अनुरोध गरेका थिए । तर, उक्त अभिव्यक्ति विवादमा तानियो ।

मदनकृष्णले भनेका छन्, ‘अस्तिनै हामी एउटा एफएममा बसेर अष्ट्रेलिया आउने विषयमा छलफल गरिरहेका थियौं । त्यही बेला त्योभन्दा गम्भीररूपमा अर्को अदालतमा विचाराधी विषयमा पत्रकार साथीहरू बसेर कुराकानी गरिरहनु भएको रहेछ । एउटा मुडमा बसिरहेको बेला अपर्झट टीभीमा बोल्ने प्रस्ताव आयो । हामी अक्मकियौं के बोल्ने कसो बोल्ने भनेर । अपर्झट बोल्दा केही त्रुटि हुन गएको महसुस भएको छ ।’

हरिवंशले थपेका छन्, ‘अदालतमा विचाराधीन मुद्दाको विषयमा नबोलेको भए हुन्थ्यो । हामीबाट त्रुटि भयो । आफ्नै मान्छे सम्झिएर माया गरिदिनुभएको छ । सबै कुरा बिर्सिएर माफी दिन अनुरोध गर्छौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot