Logo

हिरासत छल्न अस्पताल भर्ना भएका सिरोहियालाई म्याद थपका लागि अदालत लगिँदै



काठमाडौं,१४ जेठ । नागरिकता कीर्ते प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडियाका मालिक कैलाश सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि आज अदालत लगिँदैछ । धनुषास्थित निजि अस्पतालमा भर्ना भएर बसेका सिरोहिया ७ दिनअघि पक्राउ परेका हुन् ।

नागरिकता दुरुपयोग सम्बन्धी कसुरमा रास्वपाका मधेश प्रदेश सदस्य इन्द्रजित प्रसाद महतोले दिएको जाहेरीको आधारमा सिरोहिया एक सातादेखि धनुषा प्रहरीको हिरासतमा छन् ।

स्वास्थ्यमा समस्या आएको भन्दै उनलाई गत शुक्रबार जनकपुरको काव्या अस्पतालमा भर्ना गरिएको थियो । प्रहरीको निगरानीमा उनी अहिले सोही अस्पतालमा छन् ।

गत मंगलबार सिरोहियालाई काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट पक्राउ गरी बुधबार बिहान जनकपुर ल्याइएको थियो । बुधबार अदालतमा उपस्थित गराइएका उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको थियो । शुक्रबार पुनः तीन तीनको म्याद थपिएको थियो । उनी हिरासत छल्न अस्पताल भर्ना भएको भनेर सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot