Logo

बालुवाटारमा कुरा नमिलेपछि बूढानीलकण्ठमा देउवाले डाके पूर्व पदाधिकारी र पदाधिकारीको बैठक



काठमाडौं,१४ जेठ । सदनको गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग आज गरेको छलफल निष्कर्ष विहीन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले अलग अलग र संयुक्त छलफल गरेका थिए । तर सहमति नजुटेपछि आजै साँझ फेरि छलफल गर्ने भन्दै नेताहरु उठेका छन् ।

बालुवाटारको वार्ता विफल भएपछि कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारी बैठक आह्वान भएको छ । आज दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक डाकिएको छ ।

कांग्रेसले आन्तरिक रूपमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएको हो।

संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष तयार देखिए पनि रवि लामिछानेको नाम राख्ने कि नराख्ने भन्नेमा सत्ता र प्रतिपक्षीबीच कुरा मिल्न सकेको छैन।



प्रतिक्रिया दिनुहोस्

Screenshot