Logo

सरकारको सम्पूर्ण तागत सहकारी ठगहरुलाई बचाउनेतिर छः रमेश लेखक (भिडिओसहित)



काठमाडौं, १४ जेठ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सरकार ठगहरु र कुर्सीको बचाउमा लागेको टिप्पणी गरेका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सहकारी ठग र कुर्सी बचाउँदा सरकार जनताको मुद्दाबाट पूर्ण रुपमा बेखबर बनेको बताएका हुन् ।

‘जनताले सम्पूर्ण कुरा हेरिराखेका छन् । ढिलो सरकारले गरिराखेको छ । जनताका यति महत्वपूर्ण कुरासँग सरकार बेखबर हुन खोजिरहेको छ । बेखबरमात्रै होईन, सरकारले अहिले आफ्नो सम्पूर्ण तागत ठगहरु बचाउने कुरामा ध्यान दिएको छ । ठगहरु बचाउने र आफ्नो कुर्सी बचाउने काममा लागेको छ,’– उनले भने ।

आफूहरुले सहकारी पीडितहरुको रकम फिर्ताको सुनिश्चितता, बचतकर्ताको बचत सुरक्षित गर्ने कुराको सुनिश्चिता र हिनामिना गर्नेहरु जो–जो भएपनि कानुनी कारबाहीको माग लिएर विरोध गरिरहेको बताए । ‘जो मानिसले सहकारीमा बचत राखेका छन् । तिनको बचत अपचलन भयो, ठगी भयो, हिनामिना भयो । तिनको रकम फिर्ता गर्ने सुनिश्चितता गर्नुपर्यो । सरकारले कसरी फिर्ता गर्ने हो ? त्यो भन्नुपर्यो । अर्को कुरा जो मानिसले रकम बचत गरेको छ, उसको बचतको सुरक्षा गर्नुपर्यो ।’ उनले भने, ‘फेरि हिनामिना, ठगी र अपचलन नहोस् भनेर सुनिश्चितता गर्नुपर्यो । तेस्रो कुरा जुन–जुन सहकारीबाट रकम हिनामिना भएको छ, दुरुपयोग भएको छ, ठगी भएको र त्यसमा जो–जो संलग्न छन्, ती मानिसहरुमाथि कारबाही हुने कुरालाई पनि सुनिश्चििता गर्नुपर्यो ।’

सहकारी प्रकरण कांग्रेसको नभएर जनताको मुद्दा रहेको बताए । उनले सहकारीका मालिकहरुले हिनामिना, अपचलन र रकम ठगी गर्दा चितवनमा एक जना कर्मचारीले आत्महत्या गरेको बताए । उनले सहकारीको ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नता तथ्यहरुले पुष्टि गरेको बताउँदै प्रहरीको नेतृत्व गर्ने संस्थाका प्रमुखलाई प्रहरीले कारबाही गर्न सक्ने कुरामा आफूहरुलाई विश्वास नरहेको बताए । सो कारण संसदीय छानविन समिति आवश्यक रहेको उनले बताए । नेता लेखकले अरु मान्छे गृहमन्त्री नभएका कारण उनीहरुलाई छानविन गर्न संसदीय समिति आवश्यत्ता नरहेको बताए ।

‘कोही मान्छे देश बाहिर भागेर गएका छन्, तिनीहरुलाई सरकारले फिर्ता ल्याउन सक्दैन । बरु अहिलेको सरकारले पहिलाको सरकारले भगाएको हो भन्छ । अहिलेको सरकारका मान्छे फिर्ता गर्न सक्दैनन् ।’ उनले भने, ‘तर, जनता विचल्लीमा छन् । चितवनमा तपाईँले सुन्नु भएकै होला सहकारीका कर्मचारी एक जना महतो भाईले आत्महत्या गरेका छन् । जम्माजम्मी हामीले भनेको यति हो । यो कुरामा माननीय गृहमन्त्रीको संलग्नता छ भन्ने कुरा तथ्यहरुले देखाएको छ ।’

सदन नचल्नुको प्रमुख कारक सरकार नै रहेको उनको आरोप छ । उनले नेपाली जनताको मुद्दामा सरकार गैरजिम्मेवार र बेखबर रहेको बताए । सरकारले अहिलेसम्म ठगहरुमाथि छानविन हुँदैन भनिरहेको उनले टिप्पणी गरे । उनले सदन चलाउने वा नचलाउने जिम्म सरकारमै रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot