Logo

जसपा नेपालको प्रथम राष्ट्रिय महाधिवशेनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पारित



काठमाडौं, १४ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक प्रतिवेदन पारित भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको प्रथम राष्ट्रिय महाधिवशेनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पारित गरेको हो ।

जसपा, नेपालले महाधिवेशन प्रतिनिधि निर्वाचन कार्यलाई तीब्रता दिएको छ । सङ्गठन विभागले महाधिवेशन प्रतिनिधिको अभिलेखीकरण गरेसँगै केन्द्रीय निर्वाचन समितिले प्रतिनिधिको नामावली सार्वजनिक गर्नेछ । जसपा, नेपालको महाविधेशन आगामी जेठ २८–३० गते जनकपुरमा हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot