Logo

उपेन्द्रले दायर गरेको रिटमा सुनुवाईको सम्भावना न्यून



काठमाडौं । पार्टी विभाजन र विभाजित सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिएको विश्वासको मतमा संलग्न गरिएको भन्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिट आज सुनुवाई हुने सम्धभावना न्यून बनेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश अब्दुल अजिम मुसलमानको संयुक्त इजलासमा परेको पेशीमा सुनुवाइको सम्भावना न्यून भएको हो । उपेन्द्रले दायर गरेको रिटभन्दामाथि अझैपनि कयौं रिट सुनुवाई हुन बाँकी रहेको हुँदा सो रिटमा सुनुवाईको सम्भावना कमजोर बनेको हो । आज सुनुवाइ नभएमा सो मुद्दा बुधवार सुनुवाई हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot