Logo

कांग्रेसमा देउवाले गरे पिछडिएको क्षेत्र समन्वय विभागमा १० सदस्य मनोनीत



काठमाडौं । नेपाली कांग्रेसको पिछडिएको क्षेत्र समन्वय विभागमा १० जना सदस्य मनोनीत भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य रंगमती शाही प्रमुख रहेको नेपाली कांग्रेस पिछडिएको क्षेत्र समन्वय विभागको सदस्यमा १० जनालाई मनोनीत भएका हुन् ।

मनोनीत हुनेहरुमा दुधकुमारी हमाल (डोल्पा) डा. साझना खातुन (रौतहट) स्मारिका विष्ट (काठमाण्डौ) उत्तम सिंखडा (धादिङ्ग) रामकुमार राई,(भोजपुर) ऐनबहादुर मल्ल, (बाजुरा) अर्जुनप्रसाद रेग्मी, (पाल्पा) नरबहादुर रोकाया, (हुम्ला) हरिशंकर तिमिल्सेना (दैलेख) हिराप्रकाश गौचन, (बाग्लुङ्ग) रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot