Logo

प्रचण्डले संघीयता नचाहेको मुख्यमन्त्री यादवको आरोप, कारणमा देखाए केपी ओली र रवि लामिछाने



काठमाडौं, १४ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता नचाहेको गम्भीर आरोप लगाएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली त सुरुदेखि नै संघीयताको विरोधी नेताको रुपमा चिनिएपनि प्रधानमन्त्री प्रचण्डले पनि पछिल्लो समय संघीयता नचाहेको आरोप लगाए । आज (सोमबार) एमालेसहितका विपक्षी दलहरुको संयुक्त ज्ञापनपत्र बुझ्ने क्रममा मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा यस्तो गम्भीर आरोप लगाएका हुन् ।

उनले भने,‘यो देशमा पहिलो संघीयता चाहने मधेश प्रदेश हो । संघीयताको लागि सबभन्दा बढि काम गर्ने म नै हुँ । पहिला हामीले केपी ओलीलाई संघीयता विरोधी भन्थ्यौं । उहाँ आँफैले पनि मैले संघीयता चाहेको होईन, जबरजस्ती लादिएको हो भनेर । तर, मैले प्रचण्डलाई के देखें भने उहाँ हिजो संघीयता चाहने व्यक्ति हो ।

तर, अहिले उहाँ संघीयताको घोर विरोधी व्यक्ति हो । प्रचण्डले संघीयता चाहेकै छैन् । उहाँले संघीयता चाहेको भए केपी ओली र रवि लामिछानेलाई सरकारमा ल्याउनुहुन्थेन । रवि लामिछाने त अहिलेपनि प्रदेशको चुनावमा भाग नै लिनुभएको छैन् । भर्खरै भएको उपनिर्वाचनमा पनि भाग लिनुभएन । त्यस्ता मान्छेसँग गठबन्धन बनाउने नेतृत्वले देशमा संघीयता चाहेको छ त ?’

file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot