Logo

डीआईजीमा बढुवा भएका चार जनालाई दर्ज्यानी चिन्ह प्रदान (फोटोफिचर)



काठमाडौं, १४ जेठ । नेपाल प्रहरीको एसएसपीबाट डीआईजीमा बढुवा भएका चार जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालय नक्शालमा आयोजित एक समारोहबीच आईजीपी वसन्त कुँवरले नवनियुक्त डीआईजीहरुलाई आज फुली लगाइदिएका हुन् ।

जेठ ४ मा बढुवा समितिले गरेको सिफारिस अनुसार आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, डा. मनोज कुमार केसी र राजन अधिकारीलाई डीआईजीमा बढुवा नियुक्तिको निर्णय गरेका हुन् । नवनियुक्त डिआईजीमध्ये कार्की अहिले प्रहरी प्रवक्ताको जिम्मेवारीमा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot