Logo

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?



काठमाडौं, जेठ १५ । आज मंगलबार सुनचाँदीको भाउ बढेको छ । सोमबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाले बढेर तोलाको १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै, आज तेजावी सुन पनि ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको छ । आज चाँदीको भाउ ४० रुपैयाँले बढेर तोलाको १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्