Logo

‘जन्मस्थानमा गैरआवासीय नेपाली अभियान’ सञ्चालन गरिने



काठमाडौँ, १५ जेठ । सरकारले विदेशीको आम्दानी स्वदेशमा लगानीअन्तर्गत गैरआवासीय नेपालीहरुको पुँजी, प्रविधि र सिपलाई मातृभूमिसँग जोड्नको लागि ‘जन्मस्थानमा गैरआवासीय नेपाली अभियान’ सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

गैरआवासीय नेपालीहरुद्धारा एनआरएनए डेभलपमेन्ट फण्डको उपयोग र लगानीको थप अवसर प्रर्वद्धन प्रदान गर्न सहजीकरण गरिनेपनि अर्थमन्त्री पुनले घोषणा गरे । उनले गैरआवासीय नेपालीहरुका सन्ततीलाई नेपालको भ्रमण गर्न पुख्र्यौली घरमा भ्रमण गर्न अनुरोध पनि गरेका छन् ।

सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ । अर्थमन्त्री पुनले गाँजाको व्यावसायिक उत्पादनका लागि आवश्यक कानुन निर्माण गरिने बताएका हुन् । उनले भने,“औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यावसायिक खेती गर्नका लागि कानुनी व्यवस्था मिलाइने छ ।”

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्