Logo

महजोडीले भीडसामू आत्मसमर्पण गरेको कान्तिपुरका सम्पादक उमेश चौहानको टिप्पणी



काठमाडौं, १५ जेठ । कान्तिपुरका मालिक कैलाश सिरोहिया पक्राउ परेपछि महजोडी भनेर चनिएिका वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बोलेका थिए । तर, उनीहरुले कान्तिपुरका सिरोहिया पक्राउ प्रकरणमा बोलेकै कारण अष्ट्रेलियाको कार्यक्रममा दर्शकहरुको बहिष्कारमा पर्ने भएपछि माफी माग्नुपरेको छ । उनीहरुले भिडिओ सन्देश जारी गर्दै अदालती प्रक्रियामा हतारमा बोलिएको भनेर उनीहरुले माफी मागेका छन् ।

तर, यता कान्तिपुर दैनिकका प्रधान-सम्पादक उमेश चौहानले भने महजोडीले बोलेको कुरामा माफी मागेपछि विरोध जनाएका छन् । यद्धपी चौहानले महजोडीको नाम भने उल्लेख गरेका छैनन् । उनले आफ्नो मतले समाजलाई मार्गदर्शन गर्नुको साटो महजोडी भीडसामु आत्मसमर्पण गर्न पुगेको आशयको टिप्पणी गरेका छन् । उनले लेखेका छन्–

तपाईंको व्यक्तित्व सार्वजनिक पुँजी हो। त्यो पुँजी आफ्नो विवेक र ब्रह्मले देखेको विषय निर्धक्क अभिव्यक्त गर्न लगानी गर्ने हो ।समाजमा सहमति विमति हुन्छन्। आफ्नो मतले समाजलाई मार्गदर्शन गर्नुको सट्टा भीडसामु आत्मसमर्पण गर्ने हो भने मान्नुस्- तपाईंको लोकप्रियता र व्यक्तित्व बन्धक छ।



प्रतिक्रिया दिनुहोस्