Logo

फोहोर विसर्जन गर्ने डम्पिङ साइटको निर्माण प्रक्रियामा मण्डण्देउपुर नगरपालिकाको एकलौटी दादागिरी



काठमाडौँ, १६ जेठ । स्थानीय आवाजको वेवास्था गर्दै काभ्रेपलान्चोक जिल्लाको मण्डण्देउपुर नगरपालिकाले फोहोर विसर्जन गर्ने डम्पिङ साइटको निर्माण प्रक्रिया अघि बढाए पछि स्थानीय आक्रोसित भएका छन् ।

फोहोर विसर्जन गर्ने स्थानका लागि नगरपालिकाले मण्डनदेउपुर नगरपालिका वडा न. ९ को श्री सल्लेनी वगुवा सामुदायिक वन उपभोक्ता समितिको वनक्षेत्र सोतेलाई रोजेपछी केही दिन अघि वन उपभोक्ता समिति, आमा समुह, युवा समूह लगाएत स्थानीयले नगर प्रमुख टोक बहादुर तामाङ र उप-प्रमुख विष्णुमणी नेपाललाई भेटी उक्त स्थान फोहोर विसर्जन गर्ने उपयुक्त स्थान हुन नसक्ने कारण सहित ज्ञापन पत्र बुझाएको थियो ।

उक्त स्थान उपभोक्तहरुले धेरै दुख्ख कष्टले २०४८ साल पछि संरक्षण गरेको सामुदायिक वन क्षेत्र, पवित्र इन्दावती नदिको नजिकै,खानेपानीका मुलहरु,मण्डनदेउपुरको गौरवको आयोजना बृहत् खानेपानी आयोजनाको खुल्ला खानेपानी प्रशोधन केन्द्र, सिन्धुपाल्चोक र काभ्रे जोडने निर्माण हुँदै गरेको झोलुङ्गे पुल, स्थानीय मृत्युहुँदाको पवित्र घाट, सयौं रोपनी खेती योग्य जमिन ,ठूलो स्थानीय वस्ति रहेको भिरालो स्थान भएका कारण फोहोर व्यावस्थानका लागि उपयुक्त स्थान हुन नसक्ने जिकिर गर्दै ज्ञापनपत्र बुझाईएको थियो । तर स्थानीयको आवाजलाई व्यवास्था गर्दै नगरपालिकाले डम्पिङ साइट निर्माणको लागि बोलपत्र आव्हान गरेपछि स्थानीयहरु थप आक्रोसित बनेका छन् ।

कुनै वातावरणिय र प्राविधिक अध्ययन विना हचुवाको भरमा अघि बढाईको र स्थानीयलाई दीर्घकालिन रुपमा असर गर्ने नगरपालिकाको कर्यप्रती स्थानीयहरुले आन्दोलित भएका छन् । फोहोर व्यवस्थापनको लागि उचित स्थानको छनौट नभएको यसले सल्लेनी-बगुवा सामुदायिक वनको पर्यावरणलाई नष्ट गर्ने, करिब २०० घर धुरीले प्रयोग गरिरहेको खानेपानीको मुल, बस्ती र देशकै गौरवको रुपमा रहेको इन्द्रावती नदिलाइ समेत प्रदुसित बनाउने भएकाले यस निर्णय र कार्य पति घोर आपत्ती र असन्तुस्टी रहेको भन्दै स्थानीय एकता युवा समुहका अध्यक्ष विष्णुमणी नेपाल चाडैं आन्दोलनका कार्यक्रम घोषणा गर्ने जानकारी दिनुभयो ।

नगरपालिकाको यस निर्णयलाई अस्विकार गर्दै फोहोर व्यावस्थापनको लागि उचित बैकल्पिक योजनाको माग गरेको समेत बताउनु भयो । हुनत स्थानिय सरकारले स्थानिय स्रोतको पहिचान नगर्नु र यसको उचित मूल्याकंन नगर्नु यो आफैमा लज्जास्पद कुरा हो तर वारम्बार स्थानियले खवदारी गर्दा समेत पनि उक्त वास्तविक तथ्यलाई नजर अन्दाज गरेको नगरपालिकाले अबका दिनमा जनहितका लागि के गर्छ वा गर्दैन त्यो हेर्न वाकी नै रहेको छ ।

वारम्बार उक्त स्थानको महत्व र प्रयोगका बारेमा नगर प्रमुखलाई जानकारी गर्दा पनि कुनै रेस्पोन्स नआएपछी वडा नं ९ मा रहेको एकता युवा समूहका अध्यक्ष श्री बिष्णुमणि नेपालले नगर प्रमुखलाई चिठ्ठि समेत लेख्नु भएको थियो । तर जुनै जोगि आएपनी कानै चिरेको भनेझैं नगरपालिकाका प्रमुख कानमा तेल हालेर बस्नु भएको छ । स्थानीयकै आवज नसुन्ने स्थानीय सरकार आखिर केला लागि ? अनि कस्ला लागि ? गाउँ गाउँमा सरकार आखिर नाम मात्रैको हो त ? ।



प्रतिक्रिया दिनुहोस्