Logo

पाकिस्तानमा बस दुर्घटना हँदा २८ जनाको मृत्यु, २० जना घाइते



इस्लामाबाद, १६ जेठ । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको वाशुक जिल्लामा बुधबार बिहान भएको बस दुर्घटनामा कम्तीमा २८ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

जिल्लाको बिस्मिया क्षेत्रमा ५० जनाभन्दा बढी यात्रु बोकेको बस सडकदेखि केही फिट तल खोल्सामा खसेको थियो । दुर्घटनामा बसमा सवार महिला तथा बालबालिकासहित २८ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रहरी तथा उद्धार टोली घटनास्थलमा पुगी मृतक र घाइतेहरूलाई नजिकैको अस्पतालमा लगेको स्रोतले जनाएको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने आशङ्का चिकित्सकहरूले गरेका छन् ।

यसैगरी एक अर्को घटनामा, तुर्बत सहरबाट दक्षिणपश्चिम प्रान्तीय राजधानी क्वेटा जाँदै गरेको बस अत्यधिक गतिमा रहेको बसको टायर फुटी केही यात्रुहरू घाइते भएका प्रहरीले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्