Logo

नेपालमा भएका अहिलेसम्मका सबै आन्दोलनको नेतृत्व एमालेले गरेको छ : ओली



काठमाडौं, १६ जेठ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेसम्म भएका आन्दोलनको नेतृत्व कम्युनिष्टहरुले र त्यसमा पनि एमालेले गरेको दाबी गरेका छन् । उनले महिलाहरु सजग नभएसम्म देश नबन्ने दाबी गरेका छन् । उनले चेलीहरु सडकमा उत्रिँदा सामाजिक न्यायको जीत हुने दाबी गरेका छन् ।

आज (बुधबार) काठमाडौंमा आयोजित राष्ट्रिय मेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रगति एकैपटक नहुने भन्दै मुलुक समृद्ध बनाउनको लागि पनि समय लाग्ने र सरकारले त्यसको लागि काम गरिरहेको जिकिर गरे ।

सो क्रममा उनले अहिले सहकारीमा गैरसहकारीवालाहरु हाबी हुँदा समस्या उत्पन्न भएको टिप्पणी गरे । उनले भने,‘सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरू प्रवेश गरेको हुनाले केही ठूला सहकारी बदनाम भएका छन्। ती समस्याग्रस्त भए । अहिले ती संकटग्रस्त छन्। तर, साँच्चैको सहकारीहरू संकटग्रस्त हुँदैनन् । आफ्नो नियम पालना गरेर अगाडि बढ्नुपर्छ। कुनै समस्या हुँदैनन्।’



प्रतिक्रिया दिनुहोस्