Logo

२३ सयले बढ्यो सुनको भाउ, चाँदीको घट्यो



काठमाडौं, जेठ १७ । आज बिहीबार सुनको भाउ बढेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला २३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै, आज तेजावी सुन पनि २३ सय रुपैयाँले नै बढेको छ । यस दिन तेजावी सुन प्रतितोला १ लाख ३९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने ३० रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्