Logo

माधव नेपालले देउवासँगै फर्किने मन बनाए, बहुमत सांसद विद्रोहको तयारीमा



काठमाडौं, १७ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कांग्रेससँग सहकार्य गर्नेगरि अघि बढेका छन् । सत्ता गठबन्धनमा आफूलाई बेवास्ता गरिएको भन्दै नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग सहकार्यको हात फैलाएका छन् । जनता समाजवादी पार्टी, नेपाल विभाजनपछि केही समय चुप लागेका नेपाल पछिल्लो साता एकाएक सक्रिय बनेका छन् । सुदूरपश्चिम प्रदेशको सरकारको नेतृत्व नेपालको दलबाट दीर्घ सोडारीले गरेका छन् ।

तर, एमालेले अहिलेसम्म सरकारमा सहकार्य गर्ने कुनै छाँटकाँट देखाएको छैन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा एमालेले मुख्यमन्त्री सोडारीलाई समय गुजार्नेगरि विश्वासको मत दिन ढिलाई गरेको थियो । पछि प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहपछि ओलीले ग्रिन सिग्नल दिएपछि एमालेले सोडारीलाई विश्वासको मत दिएका हुन् ।

सोडारीको सरकार यतिवेला घरको न घाटको अवस्थामा छ । एमालेले नै सरकारमा जान आलटाल गरेपछि सोडारी यो बीचमा काठमाडौंसम्म धाउन बाध्य भए । यही बीचमा माधव नेपालले सुदूरपश्चिम सरकारमा कांग्रेसको साथ खोजेको चर्चा चल्न थालेको छ । जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकार जोगाउनको लागि माधव नेपालको साथ खोजेका छन् । त्यसमा नेपालले यादवलाई हुन्छ भन्ने वचन दिएका छन् । यही उद्देश्यले हिजो (बुधबार) उपेन्द्रले माधव नेपालाई पनि देउवा निवास लिएर गएका थिए ।

बुढानिलकण्ठमा भएको भेटवार्तामा मधेश सरकार जोगाउने र त्यसमा माधव नेपालको साथ रहने कुरा बाहिर आएको छ । विपक्षीहरुको गठबन्धनको बैठकमा माधव नेपालको पनि प्रवेशले बालुवाटार र बालकोटमा पनि चर्चा पाएको छ । नेपालले आफू बाध्यतावश सत्ता गठबन्धनमा भएपनि मन यतै रहेको भन्दै दुःख तथा मनको बह पोखेका थिए ।

तर, एमाले अध्यक्ष ओलीले माधव नेपालले धेरै नै चुरीफुरी देखाउन थालेको भन्दै उनका बहुमत सांसदहरुलाई विद्रोह गराएर आफ्नो दलमा समाहित गराउनेगरि आफूलाई मुभ गराएका छन् । एकीकृत समाजवादीमा माधव नेपाल, मेटमणि चौधरी र राजेन्द्र पाण्डेबाहेक अरु ७ जना सांसदहरु एमालेमा फर्किनेगरि मन बनाएर बसेका छन् । जसपा, नेपाल विभाजनबारे अदालतको अन्तिम फैसलाको पखाईमा रहेका ती सांसदहरु जुनसुकै बेला पूरानो घर एमालेमा फर्किनेगरि रेडी छन् । file photo



प्रतिक्रिया दिनुहोस्