Logo

अन्तर्वार्ताका लागि सन्दीपलाई अमेरिकन दूतावासले बोलायो, भीसा दिए आजै राती उड्ने



काठमाडौं । अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई अन्तवार्ताका लागि बोलाएको छ । दूतावासमा अपराह्न चार बजे अन्तर्वार्ता हुने भएको छ।

अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप क्रिकेटमा सहभागी हुन अमेरिकन दूतावासले उनलाई पहिलो चरणमा भिसा अस्वीकार गरेको थियो । नेपाल सरकारले नै उनको भिसा प्रक्रियाका लागि पहल थालेपछि बिहीबार दूतावासले उनीसँग अन्तर्वार्ता लिन लागेको हो । उनको अन्तर्वार्ताको समय अपराह्न चार बजेका लागि तोकिएको छ ।

विश्वकप खेल्न अमेरिका पठाउन सन्दीपलाई भिसा दिन सरकारले अमेरिकन दूतावासलाई नोट लेखेको थियो । भिसा लागे उनी बिहीबार राति नै अमेरिका उड्नेछन् । विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आगामी सोमबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई पनि विश्वकप क्रिकेटको टोलीमा राखेको छ ।



प्रतिक्रिया दिनुहोस्